६ कार्तिक २०८३, शुक्रबार

कांग्रेसका गगन थापालाई काउन्टर दिँदै नेकपा सांसद सिलवालको कविता सदनमा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले मंगलबार प्रतिनिधि सभाको बैठकमा ‘अतिक्रमण’ शीर्षकको कविता सुनाएका छन् ।

कवितामार्फत विगतका सरकारले गरेका कमजोरी औंल्याएका सांसद सिलवालको कविता कांग्रेस नेता गगन थापाले सुनाएको कविताको कटाक्षका रुपमा बुझिएको छ ।

सोमबार नेपाली कांग्रेसका सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै ‘म त भाग्यमानी’ शीर्षकको कविता मार्फत व्यंग्य गरेका थिए ।

सांसद सिलवालल सुनाएको कविता यस्तो छ–

हाम्रो देश हिजो पनि अतिक्रमणमै थियो
सीमाना निरन्तर दुखेकै थियो
विस्तारवादीहरुको अतिक्रमण
भ्रष्टचारीहरुको अतिक्रमण
दलाल नोकरशाहीहरुको अतिक्रमण
भोका नांगा साधारणमाथीको अतिक्रमण
निरन्तर नै थियो अतिक्रमण

हिजो उनिहरु नै वर्षौ वर्ष सत्तामा थिए
केही ठोस गरेको पनि सुनिएन
अनायास झसङग निद्राबाट ब्युझिए झै
आज आवाज ठुलो सुनिएको छ
हिजो सत्तामा उन्मात मच्चाएकै हुन्
पुलिस र अदालत छप्काएकै हुन्
विचौलियाको कमिसन पचाएकै हुन्

जे होस् आज हामी सबै फरक परिस्थितिमा उभिएका छौं
मुलुकको अस्मिता जोगाउनुपर्ने स्थितिमा छौं
इतिहासको संघिन मोडमा सरकारमाथी प्रहार गरेर मात्र होइन्
बरु सरकार र प्रतिपक्ष सँगै उभिएर
राष्ट्रिय स्वाभिमान सम्बद्र्धनका खातिर
सरकार, सदन र सडकबाट सयुक्त आवाज,
सयुक्त पहल, सयुक्त राष्ट्रिय मोर्चा आजको आवश्यकता