६ कार्तिक २०८३, शुक्रबार

कोरोना भाइरस : लक डाउन खुकुलो पारिएको काठमाडौं उपत्यका ‘रेड जोन’मा

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । लक डाउन खुकुलो पारिएको काठमाडौं कोरोना भाइरस (कोभिड १९)को संक्रमण जोखिमको रेड जोनमा राखिएको छ ।

अत्यधिक मानिसको बसोबास रहेको र यस बीचमा विभिन्न ठाउँबाट मानिसहरु भित्रिएका कारण सरकारी निकायले काठमाडौं उपत्यकालाई नै रेड जोनमा राखेको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई उल्लेख गर्दै बीबीसी नेपाली सेवाको अनलाइन संस्करणले लेखेको छ,‘सरकारले आन्तरिक रुपमा रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ । जसमा काठमाडौंलाई उच्च जोखिममा राखिएको छ ।’

जनसंख्याको अनुपातमा काठमाडौं उपत्यकामा संक्रमण निकै कममा देखिएको छ । तर ‘मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले’ उपत्यकालाई उच्च जोखिममा राखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

उपत्यकामा बाहिरबाट मानिसहरू नआऊन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन् । उपत्यकामा बाहिरबाट मानिसहरू नआउन सकुन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन् ।

जोखिमपूर्ण ठाउँबाट आएका, सम्भावित संक्रमितहरूको सम्पर्कमा रहेका र मिल्दोजुल्दो लक्षण भएका व्यक्तिबाहेक अन्यलाई परीक्षणको दायरामा ल्याइएको थिएन । यसअघि ज्वरो आएका र खोकी लागेका कतिपय बिरामीहरूको पनि कोरोनाभाइरस परीक्षण नगरिएको समाचारहरू आएका थिए ।