शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इंग्ल्याण्डका खेलहरू जुन १ सम्म शुरू नहुने

दैनिक नेपाल २०७७ वैशाख ३० गते १०:३१

लण्डन, ३० वैशाख । इंग्ल्याण्डमा कोरोना भाइरसका कारण रोकिएका खेलहरु कम्तिमा आउँदो जुन १ सम्म सुरु नहुने भएका छन् ।

बेलायत सरकारले चाँडोमा जुन १ सम्म कुनै पनि व्यवसायिक खेल गतिविधिहरू बन्द रंगशालामा पनि गर्न नदिने घोषणा गरेको हो ।

बेलायत सरकारले लकडाउन खुकुलो बनाउने सम्बन्धी विस्तृत विवरणसहितको ५० पृष्ठको योजना सोमबार सार्वजनिक गरेको हो ।

त्यसमा बन्द रंगशालामै पनि चाँडोमा जुन १ सम्म कुनै पनि खेलकुद गतिविधि सञ्चालन गर्न नपाइने उल्लेख छ ।

जुन १ पछि भने सांस्कृतिक तथा खेलकुद गतिविधिहरू टेलिभिजनमा प्रशारण गर्नका लागि बन्द रंगशालामा गर्न दिइने उल्लेख छ ।

त्यसका लागि सुरक्षात्मक उपायहरु अनिवार्य रुपमा अपनाइएको हुनुपर्छ ।

त्यसपछिको अवस्थाबारे भने पछि निर्णय गरिने उल्लेख छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत यो सिजनका ९२ खेलहरू बाँकी छन् ।

मार्च १३ देखि रोकिएका खेलहरु सुरु गर्ने योजनाबारे क्लबहरुले छलफल गरिरहेका छन् । तर स्पष्ट सहमति भने जुटेको छैन ।

प्रतिक्रिया
सम्बन्धित