१२ कार्तिक २०८३, बिहिबार

चितवनमा कान्छी श्रीमतीको हत्या गर्ने पति पक्राउ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ३० वैशाख । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले चितवन जिल्लाकाे खैरहनीमा एक जनालाई पक्राउ गरेको छ ।

शनिबार राति खैरहनी नगरपालिका–९ सिमलटाँडीमा एक जना महिलाको हत्या गरेको आरोपमा मृतक महिलाका श्रीमान् कृष्णप्रसाद अधिकारीलाई नियन्त्रणमा लिएको खैरहनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

कृष्णप्रसादले आफ्नी श्रीमती मञ्जु अधिकारीको हत्या गरेको प्रहरीको भनाइ छ । बारा घर भएका कृष्ण चालक पेसा गरेर खैरहनीमा बस्दै आएका थिए ।

उनको अर्को श्रीमती पनि भएको प्रहरीले जनाएको छ । ‘मञ्जु कान्छी श्रीमती हुन् । डेरामा सँगै जेठी श्रीमती पनि रहिछन् । उनीहरूबीच बेला बेलामा विवाद हुन्थ्यो रे, तर यसरी ज्यानै लिने गरेर ठूलो विवाद भएको थिएन भनेर स्थानीयले बताएका छन्’, प्रहरी निरीक्षक घर्तीमगरले भने ।

मञ्जुको घाँटीमा खुकुरीले हानेको गहिरो चोट छ । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटना राति साढे नौ बजेतिर भएको थियो । पक्राउ परेका कृष्णप्रसादविरुद्ध हत्या अभियोगमा मुद्दा दायर गर्न कानुनी प्रक्रिया सुरु भएको प्रहरीले जानकारी दिएको छ ।