शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

स्पेनिस लिगाका खेल शुरू गर्ने तयारी भइरहेका बेला पाँच खेलाडीमा कोरोना

दैनिक नेपाल २०७७ वैशाख २९ गते ८:११

लण्डन, २९ वैशाख । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको स्पेनिस लिगासहितका लिगमा यो सिजनका बाँकी खेलहरु सुरु गर्ने तयारी भइरहेका बेला पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

ला लिगाका शीर्ष दुई लिगका पाँच खेलाडीमा कोभिड–१९ पुष्टि भएको हो । पाँचै खेलाडीमा संक्रमणको कुनै पनि लक्षण देखिएको थिएन । नाम सार्वजनिक नगरिएका पाँचै खेलाडीलाई आइसोलेशनमा राखिएको छ ।

संक्रमित खेलाडीहरुको नियमित परीक्षण हुने र लगातार दुई परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्रै खेलाडीहरु प्रशिक्षणमा फर्किन पाउने जनाइएको छ ।

कोरोना भाइरसका कारण रोकिएको लिग सुरु गर्नका लागि सबै खेलाडीहरुको परीक्षण हुँदा शीर्ष दुई लिगका पाँच खेलाडीमा मात्रै कोरोना संक्रमण देखिएको हो । स्पेनिस लिगका खेलाडीहरु हाल व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन् ।

आउँदो जुनमा बन्द रंगशालमा खेल गर्ने गरी तयारी भइरहेको छ । स्पेनमा कोरोना भाइरसका कारण २६ हजार भन्दा बढीको मृत्यु भएको छ भने दुई लाख २४ हजार भन्दा बढी संक्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित