६ कार्तिक २०८३, शुक्रबार

भारतीय कदमविरुद्ध सडकमा जनता, सरकारप्रति आँखामा आक्रोश

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । लिपुलेक क्षेत्रको नेपाली भूमी हुँदै चीनको तिब्बतमा रहेको मानसरोबरसम्म जोडिने सडक निर्माण गरी भारत सरकारले उद्घाटन गरेको विरुद्ध काठमाडौंमा जनता सकडमा उत्रिएका छन् ।

कोरोना महामारीबीच सामाजिक दूरी कायम राख्नुपर्ने बाध्यतालाई तोड्दै सर्वसाधारण युवा सडकमा उत्रिएका हुन् । ‘कोरोना भाइरसबाट जोगिनुभन्दा देश जोगाउनु ठूलो कुरा हो, यसकारण हामी सडकमा उत्रिएका हौं’, एक युवा भन्छन्,‘यो नालायक सरकारको काम छैन, सरकारलाई सबै कुराको जानकारी हुँदा हुँदै भारतले यो उद्घाटन गरेको छ ।’

सर्वसाधारण युवाको आँखामा सरकारप्रति आक्रोश देखिएको छ । कुटनीतिक माध्यमबाट समस्या समाधानका निम्ति खासै चासो नदेखाएको र कडा रुपमा आपत्ति जनाउन नसक्ने सरकारका कारण मुलुकको राष्ट्रियता धरापमा परेको सर्वसाधारण बताउँछन् ।

वैशाखमा परेको झरीको पनि पर्वाह नगरी एक टोली वानेश्वरको संसद भवन परिसरका विरोधमा उत्रिएको थियो, जसलाई प्रहरीले नियन्त्रणमा लियो ।

यता, लिपुलेकमा सडक बनाएकोबारेमा सरकार जानकार रहेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो । त्यसले नयाँ गति भने २०१४ मा लिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

‘हामीले सीमा समस्या समाधानका लागि पटक पटक प्रयास गर्दै आएको, वार्ताको मिति प्रस्ताव गरेको र जुनसुकै लेभलमा कुरा गर्न हामी तयार रहेको बताएका थियौं । अनौपचारिक कुराकानी नभएका पनि होइनन् ।’