
काठमाडौँ, १्र७ वैशाख । प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्षबीच भेटवार्ता भइरहेको छ ।
केहीबेर अघि अध्यक्ष प्रचण्ड प्रधामन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
दुई अध्यक्षबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । भेटवार्तामा उनीहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान, स्थायी कमिटी बोलाउने लगायत विषयमा छलफल भइरहेको जनाइएको छ ।
त्यस्तै, सरकारले ल्याउने बजेटका विषयमा पनि उनीहरुबीच कुराकानी हुने बताइएको छ । त्यस्तै, भारतले नेपालको भूमि मिचेर सडक बनाई उद्घाटन गरेको विषयमा पनि अध्यक्षद्धयबीच छलफल हुने बताइएको छ ।















प्रतिक्रिया