१२ कार्तिक २०८३, बिहिबार

बदला लिन भिनाजुको हत्या, दुई जना पक्राउ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खाेटाङ, २७ वैशाख । खाेटाङ जिल्लाकाे केपिलासगढी गाउँपालिका–२ खार्तम्छा चोखानेका २७ वर्षीय मिलन राई र २० वर्षीय जीवन राई भिनाजुको हत्या आरोपमा शुक्रबार पक्राउ परेका छन् ।

४७ वर्षीय पृतिलाल राईको हत्या अभियोगमा उनीहरू पक्राउ परेका हुन् । डीएसपी नारायण चिमोरियाका अनुसार आमा र दिदी (सासू र श्रीमती) को हत्या गरी जेल सजायसमेत भोगेर निस्किएका पृतिलालसँग बिहीबार साँझ उनीहरूको झगडा भएको थियो ।

२०६४ कात्तिक ३ गते पृतिलाले सासू र श्रीमतीको हत्या गरेका थिए । २०७३ जेठ १५ गतेसम्म ८ वर्ष ६ महिना खोटाङ कारागारमा जेल सजाय भुक्तानपछि निस्किएका राईलाई अभियुक्त दाजुभाइले पहिलोचोटि भेटेको प्रहरीको भनाइ छ ।

पृतिलाल सुनसरीको तरहरामा बस्दै आएको र लकडाउनअघि मात्र खार्तम्छा आएको प्रहरी अनुसन्धानले देखाएको छ । ‘घटनाक्रमले गर्दा बदलाको भावना देखिन्छ,’ डिएसपी चिमोरियाले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’