३ कार्तिक २०८३, मंगलबार

जर्मन बुण्डेस लिगा फुटबलको बाँकी खेल मे १६ देखि शुरू हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २६ वैशाख । जर्मन बुण्डेस लिगा फुटबलको यो सिजनका बाँकी खेलहरु मे १६ देखि सुरु हुने भएका छन् । दर्शकको उपस्थिति बिना लिगका बाँकी खेलहरु हुने भएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश खेल गतिविधि रोकिएका छन् । बुण्डेस लिगा पुनः सुरु हुने युरोपको पहिलो प्रमुख लिग बन्ने भएको छ ।

मे १६ मा हुने खेलहरु मध्ये शाल्के र बोरुसिया डर्टमुण्डबिचको डर्बी पनि हो । चार अंकको अग्रतासहित लिगको शीर्ष स्थानमा रहेको बार्यन म्युनिखले मे १ठ मा युनियन बर्लिनसँग खेल्ने छ ।

लिगमा अधिकांश टिमले ९ खेल खेल्न बाँकी छ । लिगको यो सिजनका अन्तिम खेलहरु जुन २७ र २८ मा हुने छन् । सम्पूर्ण स्वास्थ्य सावधानीका साथ खेलहरु सुरु गरिने जर्मन फुटबल एसोसिएशनले जनाएको छ ।