काठमाडाैं, २४ वैशाख । उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण देखिएको छ ।
काठमाडाैं, वीरगञ्ज र रौतहटका एक/एक जनामा फेरि कोरोनाको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले वीरगञ्जमा उपचारपछि निकाे भएकामा फेरि सङ्क्रमण देखिएर अस्पतालमा भर्ना भएकाे भन्ने खबर आएको जानकारी दिएका छन् ।
काठमाडाैंकाे सनसिटी अपार्टमेन्टमा यसअघि सङ्क्रमण देखिएर उपचारपछि निको भएका पुरुषलाई फेरि सङ्क्रमण भएको र उनको पाटन अस्पतालमा उपचार भइरहेको पनि डा.देवकोटाले बताए ।
गएको चैत ५ गते बेलायतबाट फर्केका ती पुरुष र उनकी आमामा सङ्क्रमण देखिएपछि पाटन अस्पतालमा नै उपचार गराइएको थियो । भारतबाट फर्केका रौतहटका एक युवकमा पनि सङ्क्रमण दोहोरिएको छ ।















प्रतिक्रिया