६ कार्तिक २०८३, शुक्रबार

विप्लव समूहका पोलिटव्युरो सदस्य बिरही प्रहरी नियन्त्रणमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । नेत्र विक्रम चन्द विप्लव महासचिव रहेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य अनिल शर्मा बिरहीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

चितवनस्थित अस्पतालमा उपचारका क्रममा रहेका उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ । प्रहरी स्रोतका अनुसार उपचारका क्रममा अस्पतालमा नै रहेका उनलाई रेकी गरेर राखिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–५ स्थित निवासमा रहेका उनी लडेर घाइते भएपछि पुरानो मेडिकल कलेजमा उपचारका लागि पुराइएका थिए । सो सूचना पाएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।