दमौली, २३ वैशाख । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार ईकाई, व्या न.पा. वडा नं २ र ४ को संयुक्त संयोजन तथा लायन्स क्लव अफ तनहुँ दमौली एवं उत्तरशीला टोल विकास समितिको व्यवस्थापनमा दमौली वजारको उत्तरशीला चलचित्र मन्दिरमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ ।
लकडाउनको समयमा समाजमा रहेको विभिन्न ज्यालादारी मजदुर, विपन्न वर्ग, आपत विपतमा परेका वर्गहरूको समस्यालाई ध्यानमा राखी समाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत खाना खुवाउने व्यवस्था गरिएको लायन्स क्लव अफ तनहुँ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ राकुले जानकारी दिए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना रोगले समग्र विश्व अर्थतन्त्र समस्या परेको सन्दर्भमा त्यसको असर विशेश गरि मजदुर, विपन्न परिवार र भाडामा दैनिक ज्यालादारीलाई परेको समस्यालाई मध्यनजर गर्दे मानवीय मूल्य मान्यताका आधारमा रहि खान पाउने अधिकारको सम्मान गरि निःशुल्क खाना खुवाउने प्रवन्ध गरेका उनले बताए ।
दैनिक १३० देखि १५० जनासम्मलाई निःशुल्क भोजन गराउन व्यवस्थापन गरेका क्लवका अध्यक्ष राकु श्रेष्ठले दानवीरहरूले यो मानवीय कार्यक्रममा सहयोग गर्ने सवैलाई धन्यावाद दिएका छन् ।














प्रतिक्रिया