६ कार्तिक २०८३, शुक्रबार

यशोधरा गाउँपालिकाका वडाध्यक्षमाथि गोली प्रहार

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तौलिहवा, १९ वैशाख । कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई अपरिचित व्यक्तिले गोली हानेको छ ।

शुक्रबार बिहान करीव १ बजे वडा नम्बर ८ को खोरिया गाँउमा आफ्नै घरमा सुतिरहेका वडाध्यक्ष मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको हो ।

दुई जनाको समूहमा आएका अपरिचित व्यक्तिले रिवाल्वरले मुसलमानमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै पनि गोली लागेको छैन ।

गोली प्रहारको घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले गोली प्रहारको घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।