-वि.वि. श्रेष्ठ
तनहुँ, १८ वैशाख । आठ वर्ष लामो दुवईमा पसिना बगाएका हरिशरण वाग्लेले स्वदेशमा आई लोकल कुखुराको व्यवसायिक पालन गरेका छन् । जीवनका यौवन उमेर विदेशमा बिताएका हरि स्वदेशमा केहि गर्ने उत्प्रेरणा सहित नेपाल आएर लोकल कुखुराको व्यवसाय शुरु गरेका हुन् ।
विदेशमा वसेर मात्र केहि नहुने सोचेर विदेशका कमाई चटक्क छाडेर स्वदेश हानिएका हरिशरण देशमा नै आएसँगै नै जग्गा भाडामा लिएर लोकल कुखुराको व्यवसाय शुरु गरेका हुन् ।
व्यास नगरपालिका वडा नं ५, को ठुलोघुम्तिमा करिव ६ रोपनी जग्गाभाडामा लिएर व्यवसाय शुरु गरेको हरिले आफनो यो व्यवसाय मा हालसम्म करिव २२ लाख रुपैया लगानी गरिसकेका छन् ।
पाखोपखेरा वारीमा तार जाली गरेर लोकल कुखुरा पालेका हरिले हाल ३५० वटा कुखुरा पालन गरेका छन् । लोकल कुखुरा आफैमा जोखिम पनि कम हुने र यसको वजार मुल्य पनि रहेको वताएका हरिले आफुलाई यो व्यवसायमा सन्तुष्टि मिलेको वताउनुभयो ।
विदेशको कमाई मात्र के गर्नु कमाईले मात्र सन्तुष्ठि नभएर स्वदेशमा नै आएर कुखुरा पालन गरेको हुँ । सम्पुर्ण खर्च कटाएर माशिक ४५ हजार जति कमाएका हरिले अवका दिनमा वाख्रा समेत पाल्ने सोच बनाएको बताए ।

जिल्लावाट युवा कृषकको छनौटमा उत्कृष्ठ प्रथम युवा कृषकका उपाधि समेत हात परेको हरिशरणले व्यवसाय विस्तार गर्ने योजना रहेको वताउनुभयो । लोकल कुखुरा विक्रीका लागी वाहिर जान नपर्ने वताएका हरिले कुखुराहरु वनको पाखोपखेरामा नै रमाई रमाई हुर्किएको पनि बताए ।
कृषि कार्यलय तनहुँवाट ३ लाख अनुदान समेत पाएका व्यवसायी हरिशरणले उक्त अनुदानले तार जालि र ह्याचरी मेशिन खरिद गरेको बताए । अवको समय कृषि र उत्पादन नै भएको हुदाँ कृषि पेशालाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक भएता पनि यो नै अवको भविष्य भएको बताए ।
स्वदेशमा नै परिवार र आफन्तको समिपमा रहेर कृषिमा होमिएका हरिले सरकारले कृषकलाई प्रोत्साहनका लागी थप योजना ल्याउन आवश्यक रहेको समेत वताउनुभयो ।
विशेष गरेर कृषको मुख्य समस्या भनेका दाना हो, यसको सर्वसुलभ व्यवस्थाका लागी सरकारले कृषकलाई थप सुविधा दिनुपर्दछ, अनि मात्र थप कृषिमा लाग्नेको मनोवल वढ्नेछ, हरिशरणले भने ।















प्रतिक्रिया