३ कार्तिक २०८३, मंगलबार

पत्रकारमाथि प्रहरीबाट भएको दुर्व्यवहारप्रति पत्रकार महासंघद्धारा भत्र्सना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । नेपाल पत्रकार महासंघले वाह्रखरी डटकमका पत्रकार केशवराज जोशीलाई प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बानेश्वरबाट थापाथलीस्थित कार्यालय जाँदै गदाँ बानेश्वर चोकमा भिडियो खिच्दै गर्दाको अवस्थामा प्रहरीले पत्रकार जोशीलाई दुर्व्यवहार गर्नुका साथै पत्रकार परिचयपत्र खोसेर १० मिनेट होल्डमा राखेका थिए ।

पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यस किसिमको ज्यादतीले प्रेस स्वतन्त्रतामा आघात पुगेका महासंघको ठहर छ । महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदोहोर्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

यसैगरी वैशाख १७ गते नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा अनलाइन खवर डटकमका सम्वाददाता सुवास पण्डितलाई लक्षित गरी अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति पनि महासंघको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख गरेको छ ।

चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री बाहिरिएको र खर्च प्रक्रियामा अनियमितता भएको विषयमा समाचार प्रकाशित भएपछि पण्डितलाई यस किसिमले धम्की दिइएको महासंघ चितवन शाखाले जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टद्धारा जारी प्रेस विज्ञप्तिमा प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै सार्वजनिक रुपमा विज्ञप्ति निकालेर धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख छ ।

महासंघ प्रेसविरुद्ध हुने यसखाले घटनाको कडारुपमा भत्र्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदोहोर्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

साथै, कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सबै पक्षबाट सहज र सुरक्षितढंगबाट काम गर्ने वातावरण बनाउने कार्यमा सघाउन सम्बन्धित सबैमा महासंघले आग्रह गरेको छ ।