
काठमाडौँ, १७ वैशाख । वैशाख अन्तिममा संघीय संसदको वर्षे अधिवेशन बोलाउने तयारी थालिएको छ । कोरोनाभाइरस संक्रमण अवस्थालाई ध्यानमा राखेर अधिवेशन सुरु गरिने भएको हो ।
वुधबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाबीच वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले वुधबार नै नयाँ बानेश्वस्थित संसद भवन पुगेर बैठक कक्षको अवलोकन गरेका थिए । सरकारले वैशाख २१ गतेसम्ममा भवन तयारी बनाइसक्न सरकारले संसद सचिवालयलाई आग्रह गरेको छ ।
संसद सचिवालयले अब भवनमा रंग लगाउने काममात्र बाँकी रहेको जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।















प्रतिक्रिया