
काठमाडौँ, १७ वैशाख । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी रहेको छ । मंगलबार बस्ने भनिएको बैठक अहिले बसिरहेको हो ।
बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पछिल्लो राजनीतिक घटनाक्रमले निम्त्याएको विवादका कारण नेकपामा गुटबन्दीदेखि सरकारलाई असहयोग गर्नेसम्मको स्थिति बनेको छ ।
पार्टीमा जारी गतिरोध अन्त्य गर्न सचिवालय बैठक बसेको जनाइएको छ । त्यस्तै, स्थायी कमिटीको मिति तय गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।















प्रतिक्रिया