३ कार्तिक २०८३, मंगलबार

इरफानको अन्तिम संस्कारमा २० जनाको उपस्थिति

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बलिउड अभिनेता इरफान खानको अन्त्योष्टि २० जनाको उपस्थितिमा गरिएको छ । वुधबार उनको शव मुम्बईको भरशोभा कब्रस्तानमा गाडिएको हो ।

परिवार, आफन्त र साथीहरुका बीचमा उनको अन्तिम कर्म गरिएको हो ।

कोरोनाभाइरसको नियन्त्रणका लागि जारी लकडाउनका कारण उनको अन्तिम संस्कारमा २० जनालाई मात्रै प्रवेश दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुई वर्षदेखि ट्युमरपीडित खान मंगलबार अस्पतालको आईसीयुमा भर्ना भएका थिए । उनको वुधबार विहान निधन भएको थियो ।