३ कार्तिक २०८३, मंगलबार

रौतहटमा भेटिएका कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन हुँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १७ वैशाख । रौतहटमा कोरोना संक्रमण भेटिएका दुई जनाको सम्पर्कमा आएकाहरुको पहिचान गरेर स्वाब संकलन भइरहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले रौतहटका तीन ठाउँमा स्वाब संकलन भइरहेको जानकारी गराएका छन् ।

रौतहटको बृन्दावन नगरपालिकाका २०, देवाही गोनाही नगरपालिका वडा नं—९ र ईशनाथ नगरपालिकाका १७ जनाको स्वाब संकलन बुधवार भइरहेको प्रजिअ घिमिरेले जानकारी गराएका छन् ।

वृन्दावन र देवाही गोनाहीमा मंगलवार दुई जना कोरोना संंक्रमित पुष्टि भएका छन् । दुवैको उपचार वीरगंजमा भइरहेको छ भने वीरगंजमै उपचार गराएर ईशनाथ नगरपालिका वडा नं—५ का एक जना युवक घर फर्किसकेका छन् ।

संक्रमितबाट थप अन्यमा संक्रमण भए नभएको पहिचान गर्न स्वाब संकलन गरी परीक्षणको लागि पठाइने प्रजिअ घिमिरेको भनाइ छ । स्वाब संकलनको लागि स्वास्थ्यकर्मीहरुको तीन वटा समूह सम्बन्धित नगरपालिकामा पुगिसकेका छन् ।