३ कार्तिक २०८३, मंगलबार

कोरोना अस्पताल काण्ड : जो चोर उसैको ठुलो स्वर ? पत्रकारलाई कारवाही गर्ने कर्मचारी संगठनको धम्की !

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

-शिशिर सिंखडा

चितवन, १७ वैशाख । भरतपुर कोरोना विशेष अस्पतालको सामान चोरी काण्डमा जो चोर उसैको ठुलो स्वर भएको पाइएको छ । सो घटनाको सन्दर्भमा अख्तियारले छापा मारिसकेको अवस्था र छानबिनपछिको परिणामको ख्यालै नगरी उल्टै समाचार सार्वजनिक गर्ने पत्रकार र सञ्चार संस्थालाइ कारवाही गर्ने धम्कीपुर्ण विज्ञप्तीले उनिहरुको लाचारीपनको पराकाष्ठा उदाङ्गो भएको छ ।

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोरमा भएको चोरीको घटना देखिएको सिसिटिभी फुटेजसहित समाचार प्रकाशित गर्ने पत्रकारलाई कर्मचारीहरुले हिजो कारवाही गर्ने धम्की दिएका थिए । अस्पतालको फेसबुक पेज समेत दुरुपयोग गर्दै पोष्ट गरिएको विज्ञप्तीमा पत्रकारलाई उल्टै कारवाही गर्ने धम्की दिइएको हो ।

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ चितवनकी अध्यक्ष मिरा अधिकारी र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन चितवनका अध्यक्ष शेष सापकोटाले संयुक्त रुपमा हिजो विज्ञप्ती जारी गर्दै पत्रकारलाई कारवाही गर्ने धम्की दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ–‘समाचार प्रकाशित गर्नेहरुलाई कारवाहीका लागि सम्बन्धित निकाय समक्ष माग गर्दछौं, अन्यथा यस संगठन आफैले त्यस्ता व्यक्तिहरुको पहिचान गरी आवश्यक कारवाही गर्ने जानकारी गराउँदछौं ।’

भरतपुर कोरोना अस्पतालको स्टोरबाट रातीको समयमा विभिन्न सामग्रीहरु लिएर तीन जना कर्मचारीहरु सञ्जय बराल, सूर्य तिवारी र फणिन्द्र प्रसाद खनाल बाहिर निस्किएको सिसिटिभी फुटेज बाहिरिएको थियो । सो सिसिटिभी फुटेजमा एक जना कर्मचारीहरुलाई उनीहरुले कुटपिट समेत गरेको

कोरोना अस्पतालको फेसबुक एकाउण्ट बन्द

एकपछि अर्को विवादको सामना गर्नुपरेपछि भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालले फेसबूक एकाउण्ट नै बन्द गरेको छ ।

अस्पतालका सामग्री चोरीको गम्भीर आरोप लागेका कर्मचारीको पक्षमा निकालिएका विभिन्न व्यक्ति तथा संगठनका विज्ञप्ति अस्पतालको आधिकारिक फेसबूक एकाउण्टबाट सार्वजनिक भएपछि सर्वत्र विरोध भएपछि एकाउण्ट बन्द गरिएको हो ।

अस्पतालमा विभिन्न भूमिकामा काम गर्दा फणिन्द्रप्रसाद खनाल, सञ्जय बराल र सूर्य तिवारीले स्टोरबाट सामान चोरेको आरोप लागेपछि उनीहरको पक्षमा विज्ञप्तिबाजी चलिरहेको छ ।

पछिल्लोपटक दुई संगठनले पत्रकारलाई धम्क्याउँदै निकालेको विज्ञप्ति अस्पतालको फेसबूक एकाउण्टमा पोष्ट भएको थियो । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ जिल्ला समिति चितवन र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन जिल्ला समिति चितवनले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा कर्मचारीले चोरी गरेको आरोप झुट भएको जिकिर गर्दै समाचार लेख्ने पत्रकारलाई कारबाही गर्ने धम्की दिइएको थियो ।

“झुटा समाचार प्रकाशन प्रसारण गर्नेलाई कारबाहीको लागि सम्बन्धित निकायसमक्ष माग गर्दछौं”, विज्ञप्तिमा भनिएको छ, “अन्यथा यस संगठन आफैंले त्यस्ता व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्ने व्यहोरासमेत जानकारी गराइन्छ ।”

पत्रकारको जिउधनमाथि हमला गर्ने आशयको विज्ञप्ति अस्पतालकै फेसबूकमा पोष्ट भएपछि पत्रकारहरुले विरोध जनाएका थिए । भरतपुर अस्पतालका अध्यक्ष तथा कोरोना नियन्त्रण कार्यदलका सदस्यसचिव डा. भोजराज अधिकारीले केही व्यक्तिको असावधानीका कारण अस्पतालको फेसबूकमा त्यस्तो पोष्ट भएको भन्दै अस्पतालको आधिकारिक धारणाका रुपमा नबुझिदिन सबैलाई अनुरोध गरे ।

“भूल र असावधानीका कारण त्यसमा पोष्ट गरेको रहेछ”, उनले भने, “मैले थाहा पाउनेबित्तिकै पोष्ट हटाउन लगाएँ र अहिले फेसबूक एकाउण्ट पनि बन्द गरिएको छ ।” कोरोना अस्पताल अहिले भरतपुर अस्पतालकै एक अंग हो ।

सञ्चारमाध्यमले सार्वजनिक गरेको सीसीटीभी फूटेजमा आरोपित तीन कर्मचारी मिलेर स्टोरबाट सामान पोको पारेर बाहिर निकालेको देखिन्छ । उनीहरुको दाबी अनुसार ती सामान अर्को स्टोरमा सार्नका लागि पोको पारिएको हो ।

सदस्यसचिव डा. अधिकारीले हिजै जारी गरेको विज्ञप्तिमा पनि यही दाबी गरेका छन् । उनले स्टोरबाट सामान सार्नका लागि पोको पारिएको नै भनेका छन् ।

यसको स्वतन्त्र छानबिन गर्नका लागि बनाइएको छानबिन समितिको संयोजकले नै काम गर्न नसक्ने भनेपछि भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले जिल्ला प्रशासन कार्यालय गुहारेका छन् ।

सार्वजनिक भएपछि हिजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले हिजो छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिइसकेको छ ।