६ कार्तिक २०८३, शुक्रबार

एकै दिन खाद्यान्न बोकेका तीन सयभन्दा धेरै ट्रकहरू काठमाडौं प्रवेश

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । खाद्यान्न र अन्य दैनिक उपभोग्य सामान बोकेका तीन सय ४३ वटा ट्रक काठमाडौं भित्रिएका छन् ।

बुधबार तरकारी बोकेका एक सय ३१, चालम बोकेका ५५, दूध बाकेका २४, कुखुरा बोकेका २१, औषधि बोकेका २०, फलफूल बोकेका १८, घ्यू, तेल र अण्डा बोकेका १३–१३, मैदा बोकेका सात वटा ट्रक नेपाल आइपुगेका हुन् ।

मकै बोकेका ६, दाल बोकेका ५, गहुँ र डिजल बोकेका ४–४, अक्सिजन तथा चिनी बोकेका दुई, नुन र पेट्रोल एक–एक गरी ३ सय ४३ वटा ट्रक उपत्यका प्रवेश गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लकडाउन शुरु भएपछिको २९ दिनमा ७७ हजार पाँच सय ५८ मेट्रिक टन खाद्यान्न, २४ हजार दुई सय १८ मेट्रिक टन दलहन, ४० हजार ९९ मेट्रिक टन तरकारी, १० हजार आठ सय १८ मेट्रिक टन फलफूल र १० हजार ९ सय ९६ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।