१२ कार्तिक २०८३, बिहिबार

नेकपाका सांसद सिग्देलद्वारा तनहुँमा स्वास्थ्य सामग्री वितरण

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीवी श्रेष्ठ

तनहुँ, १० वैशाख । नेकपाको तर्फबाट प्रतिनिधि सभाका सांसद केदार सिग्देलले तनहुँ जिल्लाका विभिन्न नगरपालिका तथा गाँउपालिकाहरूमा कोरोना रोकथामका लागि भएको काम कारवाही र गतिविधिका वारेमा निरीक्षण तथा अवलोकन गरेका छन् ।

सिग्देलले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा स्थलगत अध्ययन तथा निरीक्षण गरि जनताको स्वाथ्य अवस्थाको वारेमा जानकारी लिएका हुन् ।

‘आम जनताको स्वास्थ्य नै जीवनका महत्वपूर्ण पाटो हो’, उनले भनेका छन् ।

राज्यद्वारा निर्देशित एकद्धार प्रणालीमार्फत नै जनताका लागि सहयोग तथा स्वास्थ्य समाग्री वितरण गर्नुपर्ने उनले बताए ।

उनले जिल्लाका विभिन्न निकाय र पालिकाहरूमा स्वास्थ्य सामग्री पालिका प्रमुखहरूलाई वितरण गरेका छन् ।

उनले शुक्लागण्डकी नगरपालिकामा पीपीई २ थान, थर्मल गन–१ थान, सर्जिकल मास्क– २०० थान, ग्लोवक्स प्याकेट ३ थान, एन ९५ मास्क– १० थान वितरण रेका छन् ।
व्यास नगरपालिकामा पीपीई –२ थान, थर्मलगन –२ थान, सर्जिकल मास्क–३०० थान, एन ९५ मास्क –१० थान, म्याग्दे गाँउपालिकामा पीपीई– २, थर्मलगन–१, सर्जिकल मास्क–१०० थान, रिसिङ्ग गाँउपालिकामा पीपीई – २ थान, थर्मल गन–१ थान एन ९५ मास्क–५ थान, सर्जिकल मास्क–१०० थान, ग्लोवक्स मास्क– २ प्याकेट, घिरिङ्ग गाँउपालिकामा पीपीई–२ थान, थर्मलगन–१ थान, एन ९५ मास्क–५ थान, सर्जिकल मास्क–१०० थान, ग्लोवक्स मास्क–२ प्याकेट, भीमाद नगरपालिकामा पीपीई–२ थान, थर्मलगन–१ थान, सर्जिकल मास्क–१०० थान, एन ९५–१० थान, ग्लोवक्स मास्क–३ प्याकेट, भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा थर्मलगन, जीपी कोइराला स्वाशप्रश्वास उपचार केन्द्रमा पीपीई २ थान, थर्मलगर्न–१ थान, एन ९५ मास्क–५ थान, सर्जिकल मास्क–१०० थान र ग्लोवक्स मास्क– २०० थान उपलब्ध गराइएको छ ।