१२ कार्तिक २०८३, बिहिबार

सायल गाउँपालिकामा चट्याङ लागेर महिलाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, ९ वैशाख । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ३, तोलेनीमा चट्याङ लागेर सोमबार एक महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार चट्याङ लागेर ज्यान गुमाउनेमा २२ वर्षीया उजली बयाडी रहेकी छन् ।

आफ्नै खेतमा गहुँ काटिरहको अवस्थामा परेको चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । डोटीमा सोमबार रातिदेखि पानीसँगै हावाहुरी चलिरहेको छ ।