६ कार्तिक २०८३, शुक्रबार

कोरोनाका कारण विदेशमा २८ नेपालीको मृत्यु : सबैभन्दा धेरै बेलायत र अमेरिकामा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण युरोप, अमेरिकालगायत खाडी मुलुकसम्म गरी हालसम्म २८ नेपालीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

शनिबारसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै बेलायतमा १७, अमेरिकामा ८ जनाको मृत्यु भएको छ । यस्तै,  संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको मृत्यु भएको तथ्यांक गैर आवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक गरेको हो ।

एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले यो तथ्यांक संकलन गरेको हो ।

स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली कोरोना संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तथ्यांक तयार पारेको हो ।

संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हङकङमा एकएक जना रहेको उपसमितिले जनाएको छ ।