बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

एम्सको अवसर छाडेका डा. गिरी वीपीका उपकुलपति नियुक्त, प्रतिष्ठानको गरिमा अझ बढाउने प्रतिक्रिया

दैनिक नेपाल २०७६ चैत २८ गते ८:३६

काठमाडौं, २८ फागुन । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरीलाई  नियुक्त गरेको छ ।

देशमा नै स्वास्थ्य सेवामा योगदान गर्न २४ बर्षअघि देखि नै ठूला अवसर त्याग गरेका गिरीलाई वीपीको नेतृत्व दिइएको हो ।

नवनियुक्त उपकुलपति गिरीले प्रतिष्ठानको गरिमा बढाउनका निम्ति आफूले अनुभव, सीप र क्षमतालाई शतप्रतिशत लागू गर्ने प्रतिक्रिया दिएका छन् । गिरी बिराटनगर निवासी हुन् ।

स्वास्थ्य क्षेत्रको अध्ययनका लागि ख्याती कमाएको भारतको ‘अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्स (एम्स)’मा अध्यनका क्रममा उत्कृष्ट बनेका नेपाली डा. गिरीलाई फ्याकल्टी प्रमुखका लागि ०४२ सालमा नै प्रस्ताव गरिएको थियो ।

उनको अध्ययन लगनशीलता र मेडिकल क्षेत्रको उत्कृष्टता देखेर एम्सले जागिर नै दिएको थियो । तर, देशको स्वास्थ्य क्षेत्रको उन्नयनका निम्ति भन्दै उनले एम्सले दिएको उक्त अफर त्या गरेका थिए ।

प्रतिष्ठानको उपकुलपतिका लागि प्रस्तावित तीन जना मध्येका डा. गिरी साधगी जीवन र राजनीतिक दलका नेताहरूले दिएको प्रताडनाबीच पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका छन् ।

सन् १९९८ अमेरिकाको कोलोराडोस्थि इस्टिच्युट अफ हेल्थ एन्ड साइन्समा पनि प्राध्यापकका रूपमा अनुभव बटुलेका गिरी हाल भने विराट मेडिकल कलेजमा प्रोफेसर र मेडिकल डिपार्टमेन्ट प्रमुखका रुपमा कार्यरत थिए ।

कार्डियोलोजी विशेषज्ञ डा. गिरीलाई कोशी अञ्चल अस्पतालमा तत्कालिन प्रमुखका रुपमा नियुक्त गर्नुपर्ने भए पनि उनी आवद्ध नेपाली कांग्रेसका नेताले नै प्रताडित बनाएका थिए । खासगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उनको काम र सेवा भावलाई अगाडि बढ्न नदिएको बताइन्छ ।

बिराटनगरस्थित नोबेल मेडिकल कलेजको स्थापना गर्न पनि उनको ठूलो योगदान र भूमिका रहेको छ । स्थापना भएको ५ बर्ष्भित्र नै उनलाई पूर्वाग्रहका आधारमा सुनिल शर्माले अपहरण गर्न लगाएर शेयर फिर्ता गराएका थिए ।

राजनीतिक रूपमा नेपाली कांग्रेसमा असुरक्षित भएपछि डा. गिरी तत्कालिन एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत कम्युनिस्टको छहारीमा आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित