शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कुटनीतिक नम्बरको दुरुपयोग गर्ने हिरासतमा रहेका एउटा व्यापारी

दैनिक नेपाल २०७६ चैत २७ गते ९:०१

काठमाडौं, २७ चैत । जगदम्बा समूहका सञ्चालक सुलभ अग्रवाललाई अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद थपेपछि प्रहरी अझ सक्रिय देखिएको छ ।

कुटनीतिक नम्बरप्लेटको दुरुपयोग गरी कन्टेक इन्फ्रारेड थर्मोमिटरको अवैध हिसाबले गाडीमा राखेका अग्रवाललाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जसको नेतृत्व प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सहकुल थापाले गरेका छन् ।

नेपालको औद्योगिक र व्यापरिक घराना मानिने जगदम्बाको प्रभाव बाहिर जसरी बढे पनि भित्री रुपमा अवैध काम गरेपछि अग्रवाल प्रहरीको अनुसन्धानमा परेका हुन् । उनले कुटनीतिक सवारी चढ्दा समस्यामा नपर्ने भएपछि थर्मोमिटरको अवैध ओसारपसार गरेका थिए, जसको सुइँको महाशाखाले पाइसकेको थियो ।

सवारी दर्तामा बा१९च २५९२ रहेको सवारीलाई निलो प्लेटमा भने २०९ एचसीसी १ मा उल्लेख गरी चलाउँदै आएका थिए, अग्रवालले ।

अदालतले उनीमाथि लागेको अभियोग र प्रहरीले फेला पारेका प्रमाण तथा बरामद गरेका सामग्रीका आधारमा अनुसन्धानका लागि एक साताको समय दिएको छ । उनीसँग नेपाल भित्र वा बाहिर को को जोडिएका छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान थालिसकेको छ ।

मुलुकमा कानुन रहेको विषयलाई नजरअन्दाज गर्न कसैले नपाउने विषयलाई हेक्का राख्नुपर्नेमा एसएसपी थापा विश्वस्त छन् । त्यसैले पनि शक्तिको दुरुपयोग गरेर कानुनविपरित काम गर्ने छुट कसैले नपाउने दृढताका आधारमा नै अग्रवाललाई पक्राउ मात्र गरिएन, ७ दिनको म्याद थपेर अझ अनुसन्धान गर्न अदालतले अनुमति दिनु एसएसपी थापाको ठूलो सफलता मानिएको छ ।

थापा उनै हुन् जसले कृषि विकास बैंकको रकम ह्याक गरी विविध माध्यमबाट निकाल्ने नेपालभर फैलिएको गिरोहलाई कानुनको दायरामा उभ्याए र जेलको बाटो देखाए । अपराध अनुसन्धानमा उनको अब्बलताबारे एक प्रहरी अधिकारी भन्छन्, यो प्रकरणलाई पनि निचोडमा पुराउने उहाँको धेय हुन्छ । अनुसन्धान जारी भएकाले परिणाम नआएसम्म अन्य कुरा खुलाउन मिल्दैन ।

प्रतिक्रिया
सम्बन्धित