शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोनाले आक्रान्त बन्दै भारत : सीमा नाका थप कडाईमा प्रधानमन्त्री ओली कठोर

दैनिक नेपाल २०७६ चैत २६ गते ८:४६

काठमाडौं, २६ चैत । छिमेकी मुलुक भारत दक्षिण एसीयामा नै कोरोना संक्रणले आक्रान्त बन्न थालेको छ । भारतसँग तीन तिर सीमा जोडिएको नेपालमा त्यसको प्रभाव पर्न सक्ने सम्भावित खतरालाई मध्य नजर गरी प्रधानमन्त्री केपी शर्मा ओली थप कठोर बनेका छन् ।

सुरक्षा निकायलाई प्रधानमन्त्री ओलीले सीमामा थप कठोर बन्नका लागि निर्देशन दिएका छन् । अलपत्र परेका नेपालीलाई यो सकसमा सुरक्षित रहनका लागि अपिल गरेका प्रधानमन्त्री ओलीले यो दुई साता अझ दुखका साथ बस्नका लागि सबैसँग अपिल गरेका छन् ।

भारतमा ५ हजार भन्दा बढी व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ भने मृतकको संख्या पनि बढिरहेको छ । नवजात शिशुको पनि कोरोना संक्रमणका कारण मृत्यु भएपछि दक्षिण एसीयामा कोरोना प्रभावको केन्द्रविन्दुमा भारत उभिएको बताइन्छ ।

कोरोनाको प्रभावबाट आफ्ना नागरिकलाई सुरक्षित बनाउनका लागि प्रधानमन्त्री ओली कठोर बनेका हुन् । उनको निर्देशनका आधारमा नै सशस्त्र प्रहरीले सीमानाकामा थप सुरक्षाकर्मी खटाएको छ ।

उनले सम्बोधनका क्रममा पनि मंगलबार भनेका थिए, विदेशसँग जोडिएका सीमामा कडाई गरिनेछ । यसले केही अप्ठेरो र दुख परे पनि यो दुई सातासम्म हामी सचेत हुनु नै उपयुक्त उपाय हुनसक्छ । कोरोनाको कुनै उपचार बनि नसकेका कारण कमजोर मुलुक भएकाले सचेतना अपनाउनुु नै अहिलेको आवश्यक कमद रहेको प्रधानमन्त्री ओलीले बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित