मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

कालीमाटीमा फलफूल तथा तरकारीकाे कारोबार नहुने

दैनिक नेपाल २०७६ चैत २६ गते ८:५३

काठमाडाैं, २६ चैत । काठमाडाैंको मुख्य थोक बजार कालीमाटीमा केही दिन फलफूल तथा तरकारीकाे कारोबार नहुने भएको छ ।

कालीमाटी बजारमा तरकारी र फलफूल किन्न जानेको भिड लाग्ने गरेपछि काठमाडाैंका विभिन्न ११ ठाउँबाट तरकारी तथा फलफूल बेच्ने निर्णय गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार अब केही समय कालीमाटीमा तरकारी तथा फलफूलकाे भण्डरण मात्र गरिनेछ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि बजारबाट कारोबार नगर्ने निर्णय गरिएको उनले बताए ।

लकडाउनका कारण बिहान २ बजेदेखि ६ बजेसम्म बजार खुल्ने गरेकाेमा भिड बढेपछि काठमाडाैंका विभिन्न ११ वटा ठाउँमा तरकारी बिक्रीकाे व्यवस्था गरिएको काठमाडाैं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोङ्गबु चोक र बसुन्धरा चोकमा तरकारी पसल खोल्ने निर्णय गरेको छ । गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तरकारी पसल खोलिने समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित