मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

मानिसबाट बाघमा पनि सर्याे कोरोना भाइरस !

दैनिक नेपाल २०७६ चैत २४ गते १०:२८

काठमाडौं, २४ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस मानिसबाट जनावरमासमेत सरेको पुष्टि भएको छ । अमेरिकाको न्यूयोर्कमा मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक एउटा बाघ विरामी परेको छ ।

ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार एउटा बाघलाई कोभिड–१९ भएको जानकारी दिएका हुन् । सो चिडियाखानामा रहेको चार वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

नादियासहित चिडियाखानाका अरु तीन बाघ र तीन सिंहमा सुख्खा खोकी लागिरहेपछि सबैभन्दा बढी बिरामी नादियाको कोरोनाको परीक्षण गर्दा संक्रमण देखिएको हो ।

कोभिड–१९ भाइरस जनावरबाट मानिसमा सरेको अनुमान गरिदैं आएकोमा यसअघि हंगकंगका केही जनावरको परीक्षण गर्दा पनि ‘पोजेटिभ’ देखिएको थियो । चिडियाखानाका कुन कर्मचारीबाट नादियालाई संक्रमण भएको हो भन्ने पत्ता लागेको छैन ।

प्रतिक्रिया
सम्बन्धित