बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

एनआई एशिया बैंकमा अनलाईन खाता खोलिए ५ सय फिर्ता

दैनिक नेपाल २०७६ चैत २३ गते ६:४४

काठमाडाैं, २३ चैत । एनआईसी एशिया बैंक लिमिटेडले अनलाइ खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकको आधिकारिक वेवसाइटमा गई ग्राहकले १० मिनेटभित्रै सजिलै निःशुल्क अनलाइर्न खाता खोल्न सक्ने जनाइएकाे छ ।

खाता खोलिसकेपछि पाउने खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न
सक्नेछन् ।

अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपियाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ । ग्राहकलाई वार्षिक रु १४००० फाइदा हुनेछ ।

अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले रु ५०० सम्म रकम फिर्ता पाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित