६ कार्तिक २०८३, शुक्रबार

नेपालमा थप तीन जना कोरोना संक्रमित फेला

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत ।  स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना विरामी फैला परेको बताएको छ ।

मन्त्रालयले थप तीन जना कोरोना संक्रमित भेटिएको जानकारी आधिकारिक फेसबुक पेजबाट गराएको हो । तीनैजना धनगढीका रहेको पनि जानकारी गराएको छ ।

संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको पेजमा उल्लेख गरिएको छ।

यी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ। योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । जसमा एक जना निको भइसकेका छन् ।