शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भारतको निजामुद्दिनमा सहभागी भएर फर्किएका क्वारेन्टाइन र सुरक्षा निकायको निगरानीमा छन्

दैनिक नेपाल २०७६ चैत २२ गते १०:१०

  1. काठमाडौं, २२ चैत । भारतको निजामुद्दिनमा सहभागी भएर फर्किएका नेपाली मुसलामानलाई होम क्वारेन्टाइनमा सुरक्षा निकायको निगरानीमा राखिएको छ ।

तीन साता अघि नेपाल फर्किएका सुनसरीको भोक्राहालगायतका ठाउँमा तीन जनालाई होम क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी (सीडिओ) राजेश पौडेलले दैनिक नेपाललाई जानकारी दिए ।

यस्तै भारतबाट नेपाल आएका दुई दर्जन बढी मुसलमान समुदायका व्यक्तिलाई सुनसरीको मस्जिदमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको पौडेलले बताए ।

सीमा क्षेत्रलाई सुरक्षित बनाउने विषयमा जिल्ला प्रशासन कार्यालयले कुनै कसर बाँकी नराखेको र सुरक्षा निकायको निगरानी जारी राखिएको पौडेलले बताएका छन् ।

१४ दिन भन्दा अगाडि नै नेपाल फर्किएका उनीहरुका कारण खासै जोखिम हुने अवस्था नरहेको सीडिओ पौडेलले बताए ।

उता, भारतको अररीया जिल्लाबाट नेपाल भित्रिने सीमा नाकामा कडाइृ गरिएको र दुई दर्जन भन्दा बढीलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कृष्ण प्रसाईले बताए ।

उनका अनुसार सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोलीले पर्याप्त हिसाबमा सुरक्षा सतर्कता अपनाएर सम्भावित जोखिमको रोकथाममा ध्यान पुराएको छ ।

प्रतिक्रिया
सम्बन्धित