६ कार्तिक २०८३, शुक्रबार

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा छुट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । सानिमा बैंक लिमिटेड र दराज क्येमू प्रा. लि.बीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

दराज अनलाइनमा उल्लेख गरिएकोे र बिगमार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु ५०० सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यसका साथै रु १५०० भन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ ।

यो योजनामा सहभागी हुन सानिमा बैंकका ग्राहकले आउँदो चैत्र २६ गतेसम्म दराजमार्फत् बिग मार्टका सामान अनलाइन खरिद गर्नुपर्नेछ ।