शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कामना सेवाद्वारा एक लाख बराबरकाे राहत सामग्री हस्तान्तरण

दैनिक नेपाल २०७६ चैत २२ गते ८:३४

काठमाडाैं, २२ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चैत २० गते धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी रु १ लाख बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरेको हो ।

बैंकका धनगढी शाखा प्रमुख हरि जोशी तथा अत्तरीया शाखा प्रमुख हर्षबहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप–महानगपालिकाका प्रमुख नृपबहादुर वड तथा उप–प्रमुख सुशीला मिश्र भट्टमार्फत हस्तान्तरण गरेका हुन् ।

प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति उप–महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरूको तर्फबाट धन्यवाद दिए । उक्त सामग्री उप–महानगरपालिकाको विपत व्यवस्थापन कोषमार्फत वितरण गरिने उनले बताए ।

हाल नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित