६ कार्तिक २०८३, शुक्रबार

प्रभु बैंकद्वारा सरकारी कोषमा १ करोड १ लाख आर्थिक सहयोग प्रदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । कोरोना भाईरसको महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंक लिको तर्फबाट रु. १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंक लिको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पनि उपस्थिति रहेको थियो ।