मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क निःशुल्क पाइने

दैनिक नेपाल २०७६ चैत २१ गते ६:५४

काठमाडौं, २१ चैत । सेलपे सेवाले नेपालको शीर्ष ई(कमर्स प्लेटफार्म सस्तोडिलसँग सहकार्य गरेको छ ।

सहकार्यअन्तर्गत सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउनेछन् ।

कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरूको सुरक्षा र अत्यावश्यक आवश्यकताहरूलाई ध्यानमा राखी सस्तोडिलले अत्यावश्यक सामग्री ग्राहकको घरमै पुर्‍याउनको लागि नेपाल सरकारबाट अनुमति प्राप्त गरेको छ ।

यसबाट ग्राहकहरूले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ ।

यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरूले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।

साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरूलाई मास्क निःशुल्क उपलब्ध गराउने छ । जस्को लागि सेलपेको ग्राहकहरुले

सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्पमार्फत गरी भुक्तानी गरेमा १० थान मास्क निःशुल्क पाउनेछन् ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित