
सुर्खेत, २० चैत । जिल्ला प्रहरलय सुर्खेतको हिरासतबाट थुनुवा फरार भएपछि छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।
दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत प्रहरी उपरीक्षक भोला रावलको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
छानबिन समितिको सदस्यहरूमा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना, प्रहरी निरीक्षक सुरज खड्का, प्रहरी नायब निरीक्षक अमर रावत र प्रहरी सहायक निरीक्षक प्रेम शर्मा रहेका छन् । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट तीन जना थुनुवा फरार भएका थिए ।











प्रतिक्रिया