शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुर्खेत प्रहरीकाे हिरासतबाट तीन जना थुनुवा भागे

दैनिक नेपाल २०७६ चैत २० गते १०:२७

सुर्खेत, २० चैत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा भागेका छन् ।

बिहीबार बिहान १ बजे तीन जना थुनुवा हिरासतको झ्याल उक्काएर भागेका हुन् ।

लागूऔषध कारोबार अभियोगमा पक्राउ परेका तीन जना भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाका अनुसार भाग्नेहरुमा वीरेन्द्रनगर–६ का सन्दीप कसेरा, वीरेन्द्रनगर–६ का रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का सुनिल थारु रहेका छन् ।

उनीहरु तीनै जना लागुऔषध कारोबार अभियोगमा पक्राउ परेको डिएसपी तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित