शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपालीलाई सिमानामै रोकिएको सत्य हो भने अमानवीय व्यवहार भयो : नेकपा प्रवक्ता श्रेष्ठ

दैनिक नेपाल २०७६ चैत २० गते १०:१६

काठमाडाैं, २० चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानाकामा नेपालीलाई रोकिएको भन्ने सत्य हो भने ज्यादै अमानवीय व्यवहार भएको बताउनुभएको छ ।

‘नेपालभित्र प्रवेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय, गैरजिम्मेवार र दुखस्द हो। उनीहरुलाई क्वारेन्टिनमा राख्न कसैको आदेश चाहिँदैन। तत्काल विशेष क्वारेन्टिनमा राखौं’, श्रेष्ठले ट्विटरमा लेखेका छन्।

‘विदेशमा रहेका लाखौंलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन व्यवहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन’, उनी लेख्छन्, ‘सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसले भनेको वा व्याख्या गरेकोरु हुनै सक्दैन ‘ उनले लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित