बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

छोरीमाथि जबरजस्ती करणीको आरोपमा थुनामा रहेका बाबुले हिरासतमै गरे आत्महत्या

दैनिक नेपाल २०७६ चैत २० गते ९:४८

बुटवल, २० चैत । आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका एक बावुले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका ८ ढोडेकोल बाडीगाउँका ती बावुले आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको थियो । सो पश्चात प्रहरीले करिब १ महिनाअघि उनलाई हिरासतमा लिएको थियो ।

श्रीमानले १६ वर्षिया छोरीलाई बलात्कार गरेको थाहा पाएको भन्दै श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएलगत्तै प्रहरीले बावुलाई प्रकाउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

आरोपित ती पुरुषलाई इलाका प्रहरी कार्यालय पिपराले जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान गरेको बताइरहेको बेला आत्महत्या गरेको घट्ना गोप्य स्रोतले बताएको छ । घट्नालाई प्रहरीले बाहिर ल्याएको छैन । प्रहरीले घटना अहिलेसम्म सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित