शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चितवनमा सवारी पास दिन बन्द

दैनिक नेपाल २०७६ चैत २० गते ९:११

चितवन, २० चैत । कोरोना भाइरसको सम्भावित जोखीम न्युनिकरणका लागि सरकारले लागु गरेको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले सवारी पास दिन बन्द गरेको छ ।

अत्यावश्यक कामको लागि दिँदै आएको विशेष सवारी पास दिन बन्द गरेको हो।

बुधबार दिउँसोबाट नयाँ सवारी पास दिन बन्द गरिएको र यस अघि जारी गरिएको सवारी पाससमेत खारेज गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित