शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

भारतको धार्मिक सभामा सहभागी भएका १३ नेपाली मौलवी नियन्त्रणमा

दैनिक नेपाल २०७६ चैत २० गते ८:५६

काठमाडाैं, २० चैत । भारतको नयाँदिल्लीमा आयोजित मुस्लिम धार्मिकसभामा सहभागी भएको आशंकामा १३ नेपाली मौलवीलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरूलाई प्रहरीले पतेर्वा सुगौली गाउँपालिकाको कंचनपुर टोलबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रौतहटका ११ र पर्सा जिल्लाका दुई जना मौलवी रहेका छन्।

हाल उनीहरूलाई वीरगन्जको महानगरपालिका वाड नम्बर १३ सिद्धार्थ माध्यामिक विद्यालयमा क्वारेन्टाइन राखिएको छ। यसका साथै प्रहरीले उनीहरू दिल्लीको सो धार्मिक सभामा गए-नगएको अनुसन्धान गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित