बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

व्यापारी र नेताको आलोचना, पूर्वराजाको प्रशंशा

दैनिक नेपाल २०७६ चैत १९ गते १०:३२

काठमाडौं, १९ चैत । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड सहयोगको घोषणा गरेपछि नेपालका व्यापारी र नेताको आलोचना बढेको छ ।

कोरोना संक्रमणको जोखिमका बेला व्यापारीले रकम कमाउने मौका छोपेको, संकट समाधानका निम्ति नेताले खासे तत्परता नदेखाएको तर पूर्वराजाले जनताका लागि २ करोड रकम सरकारी कोषमा जम्मा गर्ने घोषणा गरेको भन्दै शाहको प्रशंशा भएको हो ।

उनले बुहारी हिमानी शाहको हिमानी टष्टमार्फत उक्त रकम सरकारलाइृ उपलव्ध गराउने मंगलबार घोषणा गरेका थिए । लक डाउनका कारण झापाको दमकमा थुनिएका पूर्वराजाको उक्त घोषणाले गणतन्त्र नेपालका नेताको आलोचनामा सामाजिक सञ्जाल रंगिन थालेका छन् ।

यस्तो अवस्थामा नेपालका नीजि क्षेत्र र व्यापारी रहेका चौधरी घराना, उपेन्द्र महतो, खेतान समूहलगायतले राहतका खासै कुनै प्याकेज र सहयोगको घोषणा गरेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित