शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सांसद चौधरी भन्छिन्- कोरोना नजाँच्ने नीजि अस्पताललाई सरकारीकरण गरियोस्

दैनिक नेपाल २०७६ चैत १९ गते १०:१४

काठमाडौं, १९ चैत । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाकी सदस्य रामकुमारी चौधरीले कोरोना महामारीका बेला संक्रमणबारे परिक्षण नगर्ने र विरामीलाई सेवा नदिने नीजि अस्पताललाई सरकारले नियन्त्रणमा लिनुपर्ने बताएकी छन् ।

नेपाल सरकारले नेपाली जनताको स्वास्थ्यलाई र कोरोना महामारी फैलीने सम्भावना लाई मध्य नजर गर्दै अन्तर्राष्ट्रिय उडान, आन्तरिक उडान, सवारी साधन, उद्योग कलकारखा, स्कुल लगायतपूर्ण रुपमा बन्द गरिएको अवस्थामा स्वास्थ्य सम्बन्धी सेवा प्रदायक नीजि अस्पताल गैर जिम्मेवार देखिएको चौधरीले जनाएकी छन् ।

अहीलेको अवस्थामा प्राईभेट अस्पतालहरुले सामान्य बिरामीहरु उपचार्थ पुग्दा बिरामीहरु उपचार दिने भन्दा पनि सामान्य चेक जाँच गरी सरकारी अस्पतालहरुमा रिफर गर्ने वा अस्पतालहरुले गेटबाट नै फर्काउने समाचारहरु बाहिर आइरहेको उनले जनाएकी छन् ।

उनले सरकारले यस्तो संबेदनशिल परिस्थितिमा प्राईभेट अस्पतालहरुलाई नेपाली जनताको स्वास्थ्यमा खेलवाड नगरी उपचार गर्ने र गराउने कडा निर्देशन दिनुपर्छ । सरकारी स्वास्थ्यकर्मीहरु भन्दा ठूलो संख्यामा रहेको प्राईभेटमा काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षा बिमा प्रदान गरि परिचालन गर्न आवश्यक रहेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘देश र जनताप्रति उत्तरदायी भइ सरकारले आवश्यक पर्दा सम्पूर्ण प्राईभेट अस्पतालहरु सरकारीकरण गर्न तयार हुनु पर्दछ ।’

प्रतिक्रिया
सम्बन्धित