शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पोर्चुगलमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण

दैनिक नेपाल २०७६ चैत १९ गते १०:५५

काठमाडाैं, १९ चैत । पोर्चुगलको लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ ।

उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा बस्दै आएका थिए । उनीहरूमध्ये एक जनालाई गएकाे २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो ।

स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

उनीहरूमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिएका छन् ।

सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित