बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

हात्तीहरूका लागि चितवन निकुञ्जभित्रको घाँस दिन व्यवसायीहरूको माग

दैनिक नेपाल २०७६ चैत १९ गते १०:०७

चितवन, १९ चैत । निजी क्षेत्रबाट पालिएका हात्तीहरूका लागि चितवन निकुञ्ज भित्रको घाँस उपलब्ध गराउन व्यवसायीहरूले माग गरेका छन् ।

लकडाउनसगैँ हात्तीको लागि पोसिलो खाना अभावपछि हात्ती संरक्षणका लागि पनि निकुञ्ज यो वेला घाँस दिनुपर्ने व्यवसायीहरूको माग छ ।

पर्यटकीय नगरी सौराहाका क्षेत्रमा रहेका निजीस्तरबाट पालिएका हात्तीहरूमा यस्तो अभाव भएको युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए ।

कोरोनाका कारण लकडाउनसगैँ पर्यटन क्षेत्र ठप्प बनेपछि साैराहामा हात्तीलाई खुवाउने दाना अभाव भएसगैँ निकुञ्जबाट पोसिलो घाँसहरू उपलब्ध गराउन उनले माग पनि गरेका हुन् ।

‘हामी निकुञ्जबाट घाँस दिनुपर्छ भनेर धेरै पहिलेदेखि माग राखेका थियौँ’, उनले भने, ‘हात्तीमैत्री सौराहा, र हात्ती विना सौराहको कलपना पनि गर्न सकिदैन् भनेर यसको संरक्षणसगैँ विभिन्न गतिविधि हामी गरेकै कारण पर्यटनमा नयाँ आयम थियो, तर अहिले त हात्ती अधिकारकर्मी समेत बोल्दैन् ।’

एउटा हात्तीलाई दैनिक २ सय ५० किलो खाना आवश्यक पर्ने जानकारी दिदै उनले लकडाउनका कारण आवश्यक दाना लिन नपाउन हात्ती दुब्लाउनेको भन्ने चिन्ता व्यवसायीलाई परेको क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भट्टराईले बताए ।

हात्तीको दिगो संरक्षणका लागि सरकारीस्तरबाट भेटेरिनरी डाक्टर, निकुञ्जबाट घाँसको उपलब्धता र बिमाको व्यवस्था गर्नुपर्ने व्यवसायीहरूले माग राख्दै आएका छन् ।

सौराहामा अहिले ७० वटा निजी हात्तीहरू रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित