बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमाण्डूमा दश प्रतिशत छुट

दैनिक नेपाल २०७६ चैत १९ गते ९:३१

काठमाडौं, १९ चैत । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावलाई फुडमाण्डू अनलाईनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र फुडमाण्डूबीच समझदारी भएको छ ।

यो योजनामा सहभागी हुन चाहने एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले चैत १८ गतेदेखि चैत २६ गतेसम्म फुडमाण्डूमार्फत सामानहरू अनलाइन खरिद गर्नुपर्ने बैंकले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो ।

यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न उत्प्रेरित गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित