५ कार्तिक २०८३, बिहिबार

चीनमा शुन्य बराबरमा पुगको कोरोना संक्रमण बाहिरबाट आउनेमा फेरि देखियो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । कोरोना भाइरसको उद्गमस्थल रहेको चीनमा पछिल्लो समय कोरोना संक्रमण शुन्यमा पुगेकोमा फेरि संक्रमण देखिन थालेको छ ।

चीनभित्र शुन्य देखिएको संक्रमण फेरि बाहिर अन्य देशबाट आउनेमा संक्रमण देखिन थालेको हो । विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको छ।

मार्च २३ मा चीनमा देखिएको ७८ नयाँ भाइरस संक्रमितमध्ये ७४ केस विदेशबाट आएका अर्थात् आयातित केसहरू नै हुन्। नयाँ आयातित केसहरू थपिँदा चिन्ताको विषय बनेको हो। योसँगै विदेशबाट आएका संक्रमितहरुको कुल संख्या ४२७ पुगेको छ।

यस्ता आयातित केसहरू बेइजिङ, साङहाइ, क्वाङतोङसहित चीनका १२ वटा प्रान्त तथा सहरमा देखिएका छन्। सबैभन्दा बढी बेइजिङमा छन्। सोमबार देखिएका ७४ केसमध्ये ३१ वटा यहीं थियो।