बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

टेलिकमद्वारा लक डाउनको जरिवाना मिनाहा

दैनिक नेपाल २०७६ चैत १२ गते ७:२६

काठमाडौं, १२ चैत । नेपाल टेलिकमले पूर्ण लकडाउनमार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन आग्रह गरेको छ ।

टेलिकमले विज्ञप्ति जारी गरेर यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्न निर्देशन दिएको छ ।

कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित