शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एनआईसी एशिया बैंकका नियमित काउण्टर सेवाहरू मात्र सञ्चालन हुने

दैनिक नेपाल २०७६ चैत ११ गते ८:२९

काठमाडाैं, ११ चैत । कोरोना भाइरसको सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर र बिदा काउण्टर सेवाहरु अर्काे सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू तथा कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवाहरु २०७६ चैत्र १० देखि बन्द रहनेछन् ।

बैंकको नियमित काउण्टर सेवाहरू भने बैंकका सम्पूर्ण ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुने जनाइएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित